इङ्ल्यान्डका अनुभवी ब्याट्सम्यान बोपारा बुधबार खेलिएको कर्णाली याक्सविरुद्धको ‘एलिमिनेटर’ खेलपछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पहिलो स्थानमा उक्लिएका हुन् ।
कर्णाली याक्सविरुद्ध उनले अर्धशतक पनि बनाए । उनी जारी एनपीएलमा तीनवटा अर्धशतक बनाउने एकमात्र खेलाडी पनि हुन् । यद्यपि, बोपाराको टोली चितवन राइनोज उपाधि होडबाट बाहिरिएको छ ।