काठमाडौँ । प्रतिपक्ष दल राप्रपा सांसद रोशन कार्कीले प्रदेश सरकार खारेज गर्न माग गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रदेश सरकार सेतो हात्ति भएको बताएकी हुन् । 

उनले गण्डकी प्रदेशमा मन्त्रीको पद लिलामीमा चढेको कुरा सुनाइन् । ‘वन मन्त्रालयमा तीतेपाती र वनमारा मात्र देखिन्छ ? यसले मन्त्रिपरिषद्को अपमान भयो‚’ उनले भनिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here