काठमाडाैं । रुपन्देहीको सैनामैनमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।
दाङबाट काठमाडौंतर्फ आउँदै गरेकाे रा १ ख २७८३ नम्बरको बस रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हाे ।
बुटवलका विभिन्न अस्पतालमा उपचारपछि १९ जना डिस्चार्ज भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनकारी दियाे ।
घाइते २४ जनाको उपचार जारी रहेको छ ।