काठमाडौं । सगरमाथा आरोहणका क्रममा तीन जना हिमपहिरोमा परी बेपत्ता भएका छन् । पर्यटन विभागकाअनुसार बुधबार बिहान हिमपहिरोमा डा. छिरी शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा बेपत्ता भएका हुन् ।

बुधबार बिहान ९ः३० बजेदेखि सम्पर्कमा नआएका उनीहरुको सिम्रिक एयरको हेलिकप्टरमार्फत उनीहरुको खोजी कार्य भइरहेको जनाइएको छ । उनीहरु बेस क्याम्पबाट क्याम्प वानको बीचमा बेपत्ता भएको बताइएको छ ।

उनीहरुको उद्धारका लागि स्थलमार्गबाट समेत टिम खटिएको छ । हराइरहेका आरोही आफ्नो कम्पनीका व्यावसायिक आरोहीको सामान ओसारपसारमा खटिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here