काठमाडौं । टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेक्सन ईभीको लङ रेन्ज मोडल आगामी मंगलवारबाट विक्री सुरु गर्ने भएको छ । कम्पनीले भारतमा विक्री सुरु भएको करिब १ वर्षपछि नेक्सन म्याक्स विक्री सुरु गर्न लागेको हो ।

कम्पनीले ल्याउने नेक्सन म्याक्समा पनि अहिले विक्री भइरहेको रेगुलर मोडलकै मोटर रहने छ । नेपालमा १०० किलोवाटभन्दा माथिको मोटर क्षमतामा धेरै कर लाग्ने भएको कारण नेक्सन म्याक्सको पनि मोटर साइज घटाएर ल्याउन लागिएको हो । टाटाले भारतमा विक्री गर्ने नेक्सन म्याक्समा १०५ किलोवाट क्षमताको मोटर छ ।

अहिले विक्री भइरहेको प्राइम मोडलभन्दा हाइटेक र फिचर लोडेड मोडल हो । टाटाले नेक्सन म्याक्समा ४०।५ किलोवाट आवरको ब्याट्री दिएको छ । यसमा मल्टी रिजेनेरेटीभ ब्रेकिङ मोड पाउन सकिन्छ । एआरएआईका अनुसार यसमा रहेको ब्याट्रीलाई सिंगल चार्जमा ४५३ किलोमिटरसम्म गुडाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here