काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेटको विश्व कीर्तिमान राखेकोमा नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई
सम्मान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट टीमका सबै खेलाडीहरुको उपस्थितिमा क्यानले सोमबार सन्दीपलाई मायाको चिनोसहित सम्मान गरेको हो ।

सन्दीपले एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको कीर्तिमान बनाएका थिए । उनले ४२ म्याचमै सय विकेट लिएका हुन् । सन्दीपले सबैभन्दा कम म्याचमा सय विकेट लिने विश्व कीर्तिमान कायम गरेका छन् ।

यसअघि यो कीर्तिमान अफगानिस्तानका बलर राशिद खानको नाममा थियो । राशिदले ४४ खेलमा १०० विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here