काठमाडौं – एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । क्यापिटलको फाल्गुन ८ गते सम्पन्न संचालक समितिको १२०औं बैठकको निर्णय बमोजिम ८ गते देखि नै लागु हुने गरी राठीलाई नियुक्त गरेको हो ।

एनआईसी एशिया बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सन्तोष कुमार राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ ।  क्यापिटलले आर्थिक वर्ष २०७९/०८० को दोश्रो त्रैमाससम्मा रु.५ करोड ६१ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति सेयर आम्दानी रु.५६.१० कायम गर्न सफल भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here