काठमाडौं – सर्लाहीको बागमती नगरपालिकास्थित जिरायतमा एक वृद्धा आफ्नै घरमा मृत फेला परेकी छन् । मंलबार राति बागमती नगरपालिका- ४, जिरायत निवासी ७० वर्षीया पार्वती महतो आफ्नै घरमा मृत फेला परेकी हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरीका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख अनिलराज गिरीको टोली घटनास्थल पुगेको थियो ।प्रहरीले घटना शंकास्पद देखिएको जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा वृद्धाको हत्या भएको शंका लागेकाले अनुसन्धानका लागि एक युवकलाई समेत नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ । मृतक वृद्धाको अनुहारमा चोट देखिएको र नजिकै रगत लागेको अवस्थामा काठको टुक्रा पनि बरामद भएको प्रहरीले जनाएको हो ।
प्रहरीले सिसी क्यामेराका आधारमा अनुसन्धान गर्दा अन्दाजी २८/नाएको छ । अनुसन्धान नसकिएकाले युवकको परिचय गोप्य राखिएको प्रहरीले जनाएको हो । वृद्धाको शव शवपरीक्षणका लागि जिल्लास्थित प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।


























