काठमाडौं- दलीय राजनितिकाे आधारमा प्यानल खडा गरेर विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ। दाङ राजपुर गाउँपालिका स्थित साधारण नमुना माध्यमिक विद्यालयकाे व्यवस्थापन समिति चयन गर्न दलीय राजनीतिकाे आधारमा प्यानल खडा गरिएको थियाे।कांग्रेस-माओवादी-जनमाेर्चाकाे गठबन्धनकाे एउटा र एमालेकाे एउटा गरी दुईवटा प्यानल चुनावी मैदानमा थिए। जसमध्ये गठबन्धन प्यानलका उम्मेदवारलाई एमालेकाे प्यानलले पराजित गरेकाे छ।
एमालेकाे तर्फबाट उम्मेदवार बनेका घनश्याम चाैधरी(२८७), बिश्रम अहिर(२५५), मनिषा चाैधरी(२७२) र मिना भण्डारी (२८०) मत लिएर सदस्यमा निर्वाचित भए।गठबन्धनबाट उम्मेदवार बनेका धनवीर चौधरी(१९४), पुष्पा यादब (२०७) मान्ति कुमारी चौधरी (१९४), सुरेश चौधरी(१७६) मत प्राप्त गरे। जम्मा ६३३ मतदाता रहेकाेमा ५२० मत खसेकाे थियाे।


























