काठमाडाैं । प्रतिनिधिसभाबाट सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित भएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुति सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरिएकाे हाे ।

विधेयकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, बैंक नोट, अन्तःशुल्क स्टिकर र सवारी चालक अनुमति पत्रलाई नेपाल सरकारले मुद्रण गर्ने प्रावधान राखिएको छ । जग्गाधनि दर्ता प्रमाणपुर्जा वा डिजिटल नक्सा समेत सुरक्षण मुद्रण सामग्रीको परिभाषामा समेटिएको छ ।

कानुनी रुपमा आधार तयार भएसँगै सरकारले यी सामग्रीको उत्पादन नेपालमै गर्ने योजना अगाडि बढाउने सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

सरकारले चाहेमा अधिकांश शेयर वा स्वामित्व भएको निकाय वा संस्थामार्फत मुद्रण गर्न सकिने प्रावधान विधेयकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here