काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई २०७९ को नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको बोर्डका एक सदस्यले जानकारी दिए । बैठकले मोरङलगायत विभिन्न जिल्लाबाट परीक्षामा सहभागी नक्कली परीक्षार्थीको नतिजा रद्ध गर्ने निर्णयसमेत गरेको छ ।

सोमबारको बैठकमा परीक्षा नियन्त्रण विष्णुनारायण श्रेष्ठले नतिजा तयारीको विषयमा बोर्डका पदाधिकारीहरुलाई ब्रिफिङ गरेका थिए । उनले यहि साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यका साथ काम भइरहेको बताउँदै आएका छन् । ‘अब बुधबार ९असार २० गते० का लागि बैठक डाकिएको छ, सकभर बिहीबार नभएर शुक्रबारसम्म नतिजा सार्वजनिक हुन सक्ने सम्भावना छ,’ ती सदस्यले कान्तिपुरसित भने ।

विद्यार्थीले प्राप्त गरेको नतिजा रुजु र इन्ट्री गर्ने अन्तिम काम भइरहेको बोर्डले जनाएको छ । प्राविधिक समस्या आए नतिजा प्रकाशनको काम १र२ दिन पछाडि सर्न सक्ने जोखिम सधैं रहने कर्मचारीहरू बताउँछन् । गत वर्ष लेटर ग्रेडिङ निर्देशिका(२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here