२७ असार, काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनसँगै सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।
विधानअनुसार, हरेक दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमिति बैठक सभापति शेरबहादुर देउवाले एक वर्षपछि (आज) २७ असारमा दिउँसो १ बजे बैठक बोलाएका थिए ।
बैठकअघि एजेण्डाबारे परामर्श गर्न पदाधिकारीहरुका नेताहरुलाई आफ्नो निवास धुम्बाराही बोलाएका थिए । त्यो परामर्शका आधारमा महामन्त्रीहरुसँग छलफल गरेर एजेण्डा तय गर्ने र बैठकमा पेश गर्ने तयारी थियो ।


























