काठमाडौं । आज बुधबार सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत तीन खेलहरु हुने भएका छन् । लिगको १२ औं चरण अन्तर्गत बुधबार दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुने भएका हुन ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । थ्री स्टार र मछिन्द्रबीचको खेल दिउँसो ३ बजे सुरु हुने छ । थ्री स्टार आज सातौं जितको योजनामा हुनेछ । थ्री स्टार ११ खेलमा २१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । मछिन्द्र पाँचौं जितको खोजीमा हुनेछ । मछिन्द्र ११ खेलमा १६ अंक जोडेर सातौं स्थानमा रहेको छ । रंगशालामा हुने दोस्रो खेलमा हिमालयन शेर्पा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हिमालयन र जावलाखेलबीचको खेल साँझ ६ बजे सुरु हुनेछ । हिमालयन आज तेस्रो जित निकाल्न चाहन्छ । हिमालयन ११ खेलमा १० अंक जोडेर १३ औं स्थानमा रहेको छ । जावलाखेल आठौं जितको योजनामा हुनेछ । जावलाखेल ११ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । त्यस्तै च्यासल मैदानमा सातदोबाटो युथ क्लब र संकटा क्लबबीच खेल हुनेछ । सातदोबाटो र संकटाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here