काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबार तीन खेल हुँदैछ। लिगको दोस्रो लेगअन्तर्गत शुक्रबार तीन खेल हुन लागेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिउँसो ३ बजे शुरु हुने पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार छैटौँ जितको योजनामा छ । खुमलटार १८ खेलमा १७ अंक जोडेर पुछारमा रहेको छ ।
सातौँ जितको खोजीमा रहेको आर्मी १८ खेलमा २५ अंक जोडेर छैटौँ स्थानमा छ । एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच खेल हुनेछ। १८ खेलमा २२ अंक जोडेर दशौँ स्थानमा रहेको हिमालयन छैटौँ जितको खोजीमा हुनेछ ।
एपीएफ भने सातौं जित निकाल्न चाहन्छ। ऊ १८ खेलमा २२ अंक जोडेर नवौँ स्थानमा रहेको छ । साँझ ६ बजे दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । १८ खेलमा ३३ अंक जोडेर शीर्ष स्थानमा रहेको चर्च ब्वाइज दशौँ जितको योजनामा छ । पुलिस सातौँ जितको योजनामा रहेको छ । ऊ १८ खेलमा २२ अंक जोडेर १२ औँ स्थानमा छ ।