काठमाडौं । संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् । शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले जनमतको सम्मान गर्न रविले रोजेको मन्त्रालय दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘तिमीहरुले होस पुर्‍याएनौँ भने दिन आउँदैछ, अझै आउँदैछ भनेको छ, त्यसैले मिलेर जाऔँ । धेरै विपरित पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ । कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो । गरिबीको बिरुद्धमा एकजुट होऔँ । र जो अत्याधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको मत जनताको आक्रोश भएको उनको भनाइ थियो । मन्त्री किरातीले गणतन्त्र नेपालमा राणाकालीन कानुन बोकेर हिँड्नु परेको समेत बताएका छन् । उनले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताए । उनले जनताले ठूला राजनीतिक दलहरुलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here