काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरू सबैभन्दा ठूला मिटरब्याजी भएको आरोप लगाएका छन्।शनिबार काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्ताे बताएका हुन्।‘ब्यांकर्सहरू मसँग अलिकति रिसाउनु पनि भएको छ। मैले त भन्ने गर्या छु- आजकाल, सबभन्दा ठूलो मिटरब्याजी त बैंकहरू भए’, उनले भने।
देश आर्थिक रूपले अप्ठ्याराे परिस्थितिमा रहेको तर त्यसबाट बैंक प्रभावित भएको नदेखिएको नेता काेइरालाकाे भनाइ छ। ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो?’, उनले भने।सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए।