विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा आर्थिक, राजनैतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताएक छन् । नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले मुलुक बिस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताएका हुन् ।
उनले भने, ‘म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ त भन्न चाहन्न, तर देश आर्थिक क्षेत्रमा मात्रै होइन राजनैतिक, धार्मिक र सांस्कृतिक लगायत कुनै पनि क्षेत्रमा सही तरिकाले हिँड्न सकेको छैन ।’
कांग्रेस कमजोर भयो भने लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले काँग्रेसलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिए ।


























