बुटवल । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल -पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।  वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको राजमार्ग ट्राफिक प्रहरी कार्यालय बुटवलले  जनाएको छ । तिनाउ गाउँपालिका–३ को सिद्ध बाबा खण्डअन्तर्गत हेडवर्क्समा ठुलो पहिरो खसेको छ । ढुङ्गासहितको पहिरो खसेको र निरन्तर वर्षाले सफा गर्न समस्या भएको प्रहरीको भनाइ छ । 

सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएपछि तराईबाट पहाडी जिल्लामा चल्ने सवारी साधन बुटवलमै रोकिएका छन् । 

 यस्तै कपिलवस्तु गोरुसिंहदेखि अर्घाखाँचीको सदरमुकाम  सन्धिखर्क जाने  गोरुसिङ्गे सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ ।  अर्घाखाँचीको सितगंगा नगरपालिका–२ भुवन पाटामा पहिरो जाँदा सडक अवरुद्ध भएको  प्रहरीले जनाएको  छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here