काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘बुलाकी’को निर्माण टिमले आइतबारबाट फिल्मलाई हलबाट निकाल्ने घोषणा गरेको छ । निर्माण टिमले हल नपाएको र फिल्म डुबाउने खेल खेलेको भन्दै आज आइतबारबाट फिल्मलाई हलबाट निकाल्ने घोषणा गरेको हो ।

फिल्मका कलाकार तथा निर्माता विराज विष्टले सामाजिक संजालमार्फत फिल्मलाई हलबाट फिर्ता लिइएको जानकारी दिएका छन् । उनले, चौतर्फी रुपमा राम्रो प्रतिक्रिया पाउँदा पनि फिल्मलाई घेराबन्दी गरेर निर्माता डुबाउने खेल खेलिएको भन्दै यो कुरा मान्न आफूहरू तयार नभएको लेखेका छन् । फिल्म ‘जारी र बिहे पास’को चेपुवामा फिल्म ‘बुलाकी’ परेको थियो ।

शुक्रबार, फिल्मले राम्रो व्यापार गर्दा गर्दै पनि शनिबार मल्टिप्लेक्सहरुले फिल्मको शो घटाएका थिए । आइतबारदेखि त फिल्मको शो झनै न्यून अवस्थामा झारिएको छ । यसैले, फिल्मको टिमले आइतबारदेखि सबै हलबाट फिल्म निकाल्ने र विदेशमा प्रदर्शन गर्ने घोषणा गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here