काठमाडौं । नथिङ फोनको दोस्रो संस्करणको स्मार्टफोन यही जुलाईमा सार्वजनिक हुने भएको छ ।

कम्पनीका संस्थापक कार्ल पेइले नथिङ फोन टु को विषयमा दुई नयाँ कुरा सार्वजनिक गरेका हुन् । पहिलो, यो फोन जुलाईमा सार्वजनिक हुनेछ भने यो फोन अमेरिकासँगै अन्य देशमा पनि एकैपटक सार्वजनिक हुनेछ । यसका साथै उनले फोनको ब्याट्रीको विषयमा पनि केही जानकारी दिएका छन् । यो फोनमा ४,७०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । जबकी नथिङको पहिलो स्मार्टफोनमा ४,५०० एमएएचको ब्याट्री उपलब्ध थियो ।

फोनमा स्न्यापड्रागन एट प्लस जेन १ चिपसेट प्रयोग हुनेछ । फोनमा १२० हर्ज रिफ्रेस रेट सहितको ६।५५ इन्चको डिस्प्ले हुने बताइएको छ । साथै फोनमा ५० मेगापिक्सेलमा मुख्य क्यामेरा पनि रहनेछ । पहिलो संस्करणको विषयमा बोल्दै कार्लले नथिङको पहिलो स्मार्टफोन ७ लाख ५० हजार ओटा बिक्री भएको पनि जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here