काठमाडौं– ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। 

दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी चिरञ्जीवी दाहालले बताए।  उनका अनुसार बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। अहिले उद्धारको काम भइरहेको र घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here