काठमाडौं – सिन्धुलीमा जंगली हात्तीको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट कमलामाई नगरपालिका-१३ स्थित रानिबासमा ४० वर्षीय दण्डपाणी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले जानकारी दिए। 

शनिबार बिहान साढे ३ बजे आफ्नै घरमा सुतिरहेको बेला पौडेलमाथि हात्तीले आक्रमण गर्न आएका थिए। आक्रमण गर्न खोज्दा धपाउने क्रममा हात्तीले दुई तला माथि रहेका पौडेललाई तानेर जमिनमा झारेको डिएसपी दाहालले बताए। 

त्यसपछि उनलाई अन्दाजी ५० मिटर पूर्वतर्फ घिसारेर लगेको थियो। आक्रमणबाट घाइते भएका उनलाई जिल्ला अस्पताल सिन्धुली लगिएको थियो। त्यहाँ उपचारको क्रममा बिहान ७ बजे मृत्यु भएको हो।  सोही ठाउँका ५० वर्षीय हरिप्रसाद बराल घाइते छन्। उनको अवस्था सामान्य छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here