काठमाडौँ । एक समयका भाइरल बालगायक अशोक दर्जीले ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’बोलको गीतबाट साङ्गीतिक उडान भरेका थिए । यो गीतका सङ्गीतकार टंक बुढाथोकी हुन् । बुढाथोकीको करियरको पनि यो गीत ‘टर्निङ पोइन्ट’ मानिन्छ । यही गीतको बोल ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ बाट फिल्म निर्माण हुने भएको छ । सङ्गीतकार बुढाथोकीले यही नामबाट फिल्म घोषणा गरेका हुन् ।

फिल्मका लागि लेखक शिवम् अधिकारीले बुढाथोकीलाई स्क्रिप्ट समेत दिइसकेका छन् । छिट्टै छायाँकन हुने बताइएको फिल्मको निर्देशक फाइनल भएको छैन । उनी आफैँ पनि गर्न सक्नेछन् । फिल्मको मुख्य भूमिकामा अशोक देखिने टंकले बताए । अन्य पात्र छनौटको चरणमा छन् । अन्य कलाकारमा अहिले बजारमा चलेको हुने टंकको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here