Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131
काठमाडौँ। गायक भीम बिस्ट र गायिका सरु गौतमको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। भीम बिस्टको शब्द तथा संगीत रहेको गीतमा र्यापर भरत समारीको र्याप समाबेश छ। श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीत ‘ड्रीम गर्ल’ को भिडियोमा राहुल शाहले तिन भिन्न गेटअपमा काम गरेका छन्।
पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेको भिडियोको निर्देशन तथा कोरियोग्राफी राहुल शाहले गरेका छन्। भाइव एण्ड वेव डान्स ग्रुप फिचर्ड भिडियोमा राहुल शाहले उत्कृस्ट काम गरेका छन्। राहुल शाह तिन वटा गेटअपमा भिन्न भिन्न तरिकाले प्रस्तुत छन्। भिडियो भाइव एण्ड वेव डान्स स्टुडियो नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।


























