काठमाडौँ । लोकप्रिय गायक धिरज राईले काठमाडौँका दर्शक नचाउने भएका छन् । आगामी शनिबार (भदौ ८ गते) आयोजना हुने ‘धिरज राई लाइभ वीथ जात्रा ब्यान्ड’ कार्यक्रममा उनले ‘लुकी लुकी’, ‘साई ढोले सोई’ लगायत आफ्ना आधा दर्जन बढी लोकप्रिय गीतसंगीत प्रस्तुत गर्नेछन् ।

मोडलिङ सङ्घ नेपाल र रसलाइट मिडियाको संयुक्त आयोजनामा आलिसान लन्च एण्ड क्लब हात्तीसारमा आयोजना हुने कार्यक्रममा गायिका तथा मोडल रमिता भण्डारीको समेत विशेष प्रस्तुति रहनेछ । कार्यक्रम होष्टको रुपमा एनी कुँवर रहेकी छन् । कार्यक्रममा जात्रा ब्याण्डको समेत विशेष प्रस्तुति रहनेछ ।

कार्यक्रम मार्फत राजधानीका दर्शकसँग जोडिन नपाएको धेरै भएकोले पनि आफू कार्यक्रम देखिन लागेको गायक राईले बताए ।कार्यक्रममा सुशील नेपाल, चेतन सापकोटा, भ्वाई अफ नेपालका निर्देशक लक्ष्मण पौडेल लगायतको पनि सहभागिता रहनेछ । गायक धिरज राईको कार्यक्रमले काठमाडाैँका  दर्शकलाई खुसी दिने विश्वास आफूले लिएको आयोजक नेपाल मोडलिङ सङ्घका प्रवक्ता प्रवेश गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here