काठमाडौं । गायक तथा सर्जक जेबी ओलीको यथार्थपरक नयाँ गीत “राजा मार्ने देश” सार्वजनिक भएको छ । उनले हालै राजधानीमा एक कार्यक्रमको आयोजना गरि आफ्नैे शब्द, संगीत र स्वर गीत सार्वजनिक गरेका हुन् ।

गीतमा राज परिवारको हत्या भएको, मदन भण्डारी र जिवराज आश्रीतको हत्या भएको, माओबादी सँगको युद्धमा १७ हजार मारिएको, बाह्र भाईको देश, निर्मला पन्त र भागीरथी भट्टको हत्यारा पत्ता नलागेको, राम्रो मान्छेको प्रशंसा नभएर खुट्टा तान्ने प्रबृती गरेको, केही गर्छु भन्नेलाई सिध्याउने गरेको कुराहरुलाई समाबेश गर्न खोजिएको छ ।

गीतको भिडियोमा जेबी ओलीले नै निर्देशन गरेका छन् भने दुर्गा पौडेलको छायांकन र नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुरबिर पण्डित दाह्री बा, रश्मी भट्ट, आयुशा गौतम, आशिका गौतम, आरुष भुसाल, भुवन खत्री, होम सिंह बिश्वकर्मा आदीको अभिनय रहेकने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here