सिराहा– सिराहाको गोलजबरा नगरपालिका ३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरुसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।  मृत्यु हुनेमा गोलबजार नगरपालिका ३ जमदह पुराण्डीका रवि मुसहरका छोरा करिब २२ वर्षीय देवप्रसाद सदा रहेका छन् ।

 घटनास्थलबाट भागेका युवाहरुले घटनाको जानकारी दिएलगत्तै स्थानीय बासिन्दा र प्रहरी मिलेर हात्तीलाई जंगलतिर लखेटेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसी र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक सूर्य ढकालको कमाण्डमा १२ जना प्रहरीको संयुक्त टोलीले  एम्बुलेन्समा राती करिब साढे १० बजेतिर शव पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल ल्याएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here