काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसदको गरिमा र ओझ खस्किँदै गएको बताएका छन्। शनिबार काठमाडौँमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौँको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले संसदमा हुने बहस, छलफल, शब्द चयनहरु स्तरहीन, मर्यादाहीन भएको बताए।

संसद कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्वपूर्ण संवाहक भए पनि संसदमा राम्रोसँग संसदीय गतिविधिहरु सञ्चालन हुन नसकेको बताए। उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रुपमा देखिएको बताए। उनले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोक बिना संसदमा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताए। उनले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताए।

उनले भने, ‘संसदभन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन। त्यहाँ हुने छलफल, वहस, शब्द चयन, वाक्य गठन सुन्दा हामीलाई के लाग्छ भने स्तरहीन, मर्यादाहीन भएको छ। ओझ र गरिमायुक्त हुनुपर्ने ठाउँमा दिनदिनै ओझ र गरिमा नभइ आफ्नो साख गिराउँदै छ।’ उपाध्यक्ष सापकोटाले देश अहिले छटपटी, उकुसमुकुस वातावरणमा रहेको बताए। उनले देशमा विचारहीनको स्थिति सिर्जना भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here