बैतडी । बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नंको जिप मंगलबार राति ११ बजे भएको दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् । जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका छन् ।
बाह्र जना सवार जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो ।