काठमाडौं । स्मार्ट टेलिकम नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आएको छ । निर्धारित समयभित्र नवीकरण नगरेपछि स्वतः लाइसेन्स खारेज भएको कम्पनीलाई प्राधिकरणले बुधबार आफ्नो नियन्त्रणमा लिएको हो ।
प्राधिकरणले आफ्ना कर्मचारीको एक टोली खटाएर स्मार्ट टेलिकमको दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली, दूरसञ्चार सञ्जाल र वित्तीय तथा प्रशासनिक विवरण आफ्नो हातमा लिएको हो । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को व्यवस्था अनुसार स्मार्ट टेलिकम नियन्त्रणमा लिइएको प्राधिकरणले जनाएको छ ।
नियन्त्रणमा लिएको भनिए पनि स्मार्ट टेलिकम पुगेको टोली मंगलबार नै प्राधिकरण फर्किएको छ ।