काठमाडौं । ​चर्चित ब्रान्ड सोनीले सन् २०२३ को मुख्य स्मार्टफोनका रूपमा एक्सपेरिया वन भी (Xperia 1V) ल्याउने तयारी गरेको छ । ६.५ इन्चको डिस्प्ले भएको स्मार्टफोन आउँदो ११ मे महिनामा सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले फोनको डिजाइनमा खास परिवर्तन गरेको छैन । यसको डिजाइन अन्य एक्सपेरिया सिरिजका स्मार्टफोनहरू जस्तै हुनेछ । फोनमा स्न्यापड्रागन ८ जेन २ एसओसी चिप प्रयोग गरिएको छ ।

१२ जीबी र्‍याम भएपनि कम्पनीले थप ४ जीबी भर्चुअल र्‍याम बढाउनसक्ने विकल्प दिएको छ । त्यस्तै फोनमा ५,००० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ । साथै यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here