काठमाडौँ । काठमाडौँको चाबहिलबाट प्रहरीले ७२ लाख नगद सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेहरू भोजपुरका हुन् ।

उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । सुन खरिद गर्न सो रकम ल्याएको आरोपीहरूले प्रहरीसँग बताएका छन् । चाबहिल स्थित गेस्ट हाउसबाट रकम सहित उनीहरू पक्राउ परेका हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here