काठमाडौं । साउदी अरबकी रेयाना बर्नावी पहिलो पटक अन्तरीक्षमा पुगेकी छन् ।
उनी अमेरिकाबाट आइतबार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेट मार्फत पठाइएको एक्सिओम स्पेसबाट अन्तरीक्षमा पुगेकी हुन् । एक्सिओम स्पेसको यो दोस्रो निजी मिसनमा साउदीका अर्का एक पुरुष पनि सहभागी रहेका छन् ।
बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने छन् । बीबीसीका अनुसार बायोमेडिकल वैज्ञानिक रहेकी बर्नावीले अन्तरिक्षमा रहने अवधिमा स्टेम सेल र स्तन क्यान्सरबारे अनुसन्धान गर्ने भएको हो ।