काठमाडौँ । प्रतिनिधिभाका सभामुख देवराज घिमिरेले संसद्लाई विधिसंगत रूपमा छलफलको केन्द्र बनाउनुपर्ने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले उठेर विरोध जनाएपश्चात् संसद्‌मा बोल्दै सभामुखले यस्तो आग्रह गरेका हुन् । 

उनले संसद् विधिसंगत रूपमा सञ्चालन गर्न सत्ता र प्रतिपक्ष दुवैले छलफलको केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गरे । उनले प्रतिपक्ष दलको मागलाई सम्बोधन गर्न कार्यदल बनेको भन्दै सहकारी समस्या समाधान गर्नको लागि बनेको कार्यदललाई सहयोग गर्न आग्रह गरे । उनले संसद्को कार्यभार पूरा गर्ने दायित्व सबैको भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे ।

उनले भने– ‘सहकारी समस्या समाधान गर्नको लागि कार्यदललाई सहयोग पुर्‍याउनु हुनेछ । संसद्ले पूरा गर्नुपर्ने राष्ट्रको लागि यो अधिवेशनमा गर्नुपर्ने काममा सहयोग पुर्याउनु हुनेछ भन्ने अपेक्षा गरेको छु । संसद्लाई विधि सङ्गत ढङ्गबाट छलफलको केन्द्र बनाऔँ । त्यहीअनुसार जानको लागि सम्पूर्ण माननीय सदस्यहरूलाई अनुरोध गर्दछु ।

’ सभामुखले बारम्बार आग्रह गर्दा पनि बैठक अगाडि बढ्न नसकेपछि आजका सम्पूर्ण कार्यसूची हटाउँदै जेठ १३ गते आइतबार ११ बजे बैठक बस्नेगरी स्थगित गरे । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here