काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा छानबिनका लागि नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा विशेष संसदीय छानबिन समिति गठन भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले एमाले सांसद थापाको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १८० बमोजिम सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन गरिएको छ ।

कांग्रेस र एमालेका तर्फबाट २-२, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक-एक सदस्य छानबिन समितिमा रहने छन् ।

कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे छन् । एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा छन् । माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान संसदीय समिति सदस्य बनेका छन् ।

२९ वटा सहकारीमाथि छानबिन गर्न उक्त समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here