काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारामा बुधवार साँझ स्वरोजगार मजदुरमाथि भएको बल प्रयोगबारे बुझ्न एसएसपी राजु पाण्डेलाई बोलाएको छ ।  महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घटनाबारे सत्य तथ्य बुझ्न र बल प्रयोग गर्नुपरेको कारणबारे सोधपुछ गर्न पाण्डेलाई बोलाइएको बताए । उनका अनुसार घटनाबारे छानबिन हुने छ । 

डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित नगर प्रहरीहरूले साँझ सवा ८ बजेको समयमा सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर लगेको आरोप नेपाल स्वरोजगार व्यापार श्रमिक संघको छ । स्वरोजगार मजदुरमाथि नगर प्रहरीले अन्धाधुन्ध कुटपिट गरेको, लछारपछार गरेको, आमाचकारी गालीगलौज गरेको , सामानहरू फ्याँकी लुटपाट गरेका र मरणासन्न हुने गरी घाइते बनाएको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here