काठमाडौं-कोशी प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले सभामुख लेखिएको लेटर प्याड प्रयोगमा ल्याएपछि विवादमा तानिएका छन्।प्रदेशसभा अध्यक्ष मण्डलका सदस्य रहेका मन्सुरीले सुनसरी क्षेत्र नम्बर ४ को २ का क्षेत्रवासीका नाममा प्रदेशसभाबाट कार्यक्रम ल्याएको बारे जानकारी दिन लेटर प्याड प्रयोग गरेका थिए।बुधबार लेटर प्याड सार्वजनिक भएपछि राति नै प्रदेशसभा सदस्य मन्सुरीले गल्ती स्वीकार्दै लेटर प्याड सच्चाएको जानकारी दिए।प्रदेशसभामा सभामुखको पद रिक्त रहेको अवस्थामा उप सभामुख सृजना दनुवारले सभा सञ्चालन गर्दै आएकी छन्।

उपसभामुख दनुवार हाल अस्ट्रेलिया भ्रमणमा रहेकी हुँदा सभा सञ्चालनको जिम्मा मन्सुरीले पाएका छन्।प्रदेश सभासदस्य मन्सुरीले भने, ‘भुलवश लेटर प्याडमा सभामुख लेखिएको रहेछ। लेटर प्याडमा सभामुख लेखिएकोबारे सुरुमा मलाई थाहा थिएन। पछि मैले मैले सच्चाएको छु।’रिक्त रहेको सभामुखमा नाम राख्न नमिल्ने बताउँदै उनले भने, ‘गल्तीले सभामुख लेखिएको हो। मैले राति नै सच्चाउन लगाएको छु। मैले सभा अध्यक्ष मण्डलको सदस्य रहेको हुँदा सचिवालयले त्यसो गरेको रहेछन्।

मैले सच्चाएको छु।’सभा सदस्य मन्सुरीले सो लेटरप्याडमा क्षेत्रमा योजना तथा कार्यक्रमबारे जानकारी गराएका छन्। उनले सुनसरीको सो क्षेत्रमा खानेपानी, शिक्षा, खोला तटबन्धन, नदी नियन्त्रण, धार्मिक संस्कृति, सिँचाइ, सडक निर्माण, लगायतका कार्यका लागि करिब ३९ करोड ४४ लाख रुपैयाँको योजना परेको उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here