काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीमा दाबी पेस गरेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेश प्रमुख नजिर मियाँ कानुनी परामर्शमा जुटेका छन् । वैशाख २ गते नाउपाबाट मात्रै लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीमा दाबी पेस भएपछि प्रदेश प्रमुख मियाँले आवश्यक कानुनी परामर्शको लागि दुई दिनको लागि समय लिएका थिए ।मुख्यमन्त्री नियुक्तिको समय आज घर्किँदै जाँदा समाजवादीले फिर्ता लिएपछि उनी पुनः परामर्शमा जुटेका हुन् । प्रदेश प्रमुख निकट स्रोतका अनुसार अब कुन व्यवस्था अनुसार जानेबारे उनले परामर्श लिन खोजेका हुन् । अब केन्द्रीय सत्ता समीकरणको मर्म अनुसार समाजवादीबाट मुख्यमन्त्री दिने गरी राजनीतिक दलहरू छलफलमा जुटेका छन् । लक्ष्मणकिशोरले कांग्रेस, नाउपा, समाजवादी, राप्रपाको समर्थनमा दाबी पेस गरेका थिए ।

उनको स्पष्ट बहुमत समेत पुगेको थियो । तर रात गए अग्राख पलाउँछ भने झैँ एकाएक राजनीतिक घटनाक्रम फेरिएको हो ।कमल शाह नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८(२) अनुसार सरकार निर्माणको लागि आह्वान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here