ललितपुर– गोदावरी नगरपालिक ११ चापागाउँ ट्याक्सी पार्कस्थित बौद्व स्तुपाबाट ढुङ्गाले बनेको बुद्धको मुर्ति गएराती चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला पार्न नसकेको जनाएको छ । मुर्ति चोरी भएको बारेमा स्थानीयसँग पनि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।