काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि भएको आक्रमण प्रयास र काठमाडौंको कपनमा निरा आचार्यको हत्याको विषयलाई लिएर गृहमन्त्रीको ध्यानाकर्षण गराउन पुगेकी छन् ।
एमाले स्थायी कमिटी सदस्य डा.राजन भट्टराईको नेतृत्वमा गएको टोलीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानकर्षण गराएका हुन् । उपमेयर डंगोलले सुरक्षा व्यवस्थाप्रति प्रश्न उढाउदै मानिसहरुले आफू सुरक्षित नभएको आभास गर्न थालेको बताएकी छन् । उनले ८ दिन बितिसक्दासमेत हत्यारा पत्ता नलाग्नुले जनतामा झनै त्रास बढेको बताइन् ।
अपराधिक घटनाक्रमलाई रोक्न नेपाल प्रहरीसँग मिलेर काठमाडौं महानगरपालिकाले सीसी क्यामेरा जडान गर्ने प्रक्रिया अघि बढाएको उनले जानकारी थिइन् । महानगरपालिकाले पनि शान्ति सुरक्षामा प्रहरीसँग नजिकबाट समन्वय गरिरहेको उनको भनाई थियो ।