काठमाडौं । नेपाली टिमकी सदस्य सुनिता थापाले खेल जितेर उल्लास मनाउँदै गर्दा दु:ख खबर सुन्नुपरेको छ । १९औं एसियाली खेलकुद अन्तर्गत सोमबार नेपाल र बंगलादेशबीचको खेल सकिएपछि उनले आफ्नी हजुरआमा बितेको खबर पाएकी थिइ्न् ।

उनले भनिन् , ‘आज हामीले जित्यौँ । यसमा म खुशी र दुखी दुवै भएँ । जितले पदकको खुशी छ भने घरमा मैले हजुरआमा गुमाउनुपर्‍यो’ । खेलअघि उनलाई हजुरआमाको मृत्युबारे जानकारी थिएन । ‘खेलअघि मैले बुबासँग फोनमा कुरा गरेको थिएँ । तर केही थाहा थिएन । बुबाले मोबाइल स्वीच अफ गरेर खेल भन्नुभयो । खेलपछि फेसबुकमा फोटोहरु सहित देखेपछि थाहा भयो । मैले अन्तिम समयमा हजुरआमालाई देख्न पाइन’ ।

सुनिताकी हजुरआमाको कञ्चनपुरको महेन्द्रनगरमा सोमबार बिहान निधन भएको हो । जिओसान ग्वाली स्पोर्ट्स सेन्टरमा समूह बीको खेलमा नेपालले बंगलादेशलाई ३७/२४ ले हराएर कास्य पदकको नजिक पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here