काठमाडौं । सुनको भाउ तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन तोलामा ३ सय रुपैयाँ वृद्धि भएको हो । बुधबारका प्रतितोला सुनको मूल्य १ लाख ७० हजार ७ सय रुपैयाँ तोकिएको थियो । मंगलबार प्रतितोला सुनको मूल्य १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार दैनिक महासंघले यहाँ मूल्य निर्धारण गर्दै आएको छ । जसअनुसार दैनिक उच्च मूल्यको रेकर्ड बन्दै गइरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला ३० रुपैयाँ घटेको छ । बिहीबारका लागि चाँदी प्रतितोला २ हजार ९० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन बुधबार चाँदी प्रतितोला २ हजार १ सय २० रुपैयाँ तोकिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here