काठमाडौं– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले यस्तो आदेश दिएको हो। यसअघि उच्च अदालत पाटनले काठमाडौंबाहिर जान नपाउनेगरि २० लाख धरौटीमा रिहा गरेको थियो।
उच्चको निर्णयपछि सन्दीपविरुद्ध महान्यायाधिवक्ता कार्यालयले दायर गरेको पुनरवलोकन निवेदन दिएको थियो भने सन्दीपले विदेश जान पाउनुपर्ने माग गर्दै निवेदन दिएका थिए। दुवै मुद्दामा आइतबार र सोमबार एकै इजलासमा सुनुवाइ भएको थियो।


























