बारा । दुई महिना पछि नेपाल प्रहरीले कलैयाका प्रधानाध्यापक रुपेश स्वर्णकारको हत्यामा मुख्य अभियुक्त भनिएका सुजित कुमार सिंहलाई पक्राउ गरेको छ ।
स्वर्णकारको हत्यामा संलग्न सिंहलाई बारा प्रहरीले २ महिनादेखि खोजी गरेको थियो । अन्ततः उनलाई मंगलवार राति करिब ९ बजे २ राउन्ड गोली प्रहार गरेर नियन्त्रणमा लिएको बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जनाएका छन् । उनीसँग प्रहरीले एक थान पेस्तोल र ४ थान गोली सहित नियन्त्रणमा लिएको हो ।