काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफूहरुले व्यक्ति होइन, प्रणाली केन्द्रित पार्टी बनाएको बताएका छन् । १० वैशाखमा हुने उपचुनावका लागि उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा लामिछाने अर्को चुनावपछि रास्वपा देशको सबैभन्दा ठूलो र लोकप्रिय पार्टी बन्ने दाबी गर्दै यस्तो बताएका हुन् ।

लामिछानेले भने ‘आउँदै गरेका हजारौं क्षमतावान मानिसहरु जोडिन आँटेको यो जनाउ घन्टी मात्र हो । उहाँहरूभन्दा पनि क्षमतावान् व्यक्तिहरू अहिले हामीसँग जोडिन संवादमा हुनुहुन्छ । यस्तै व्यक्तिहरू जोडिएर हामी दुई तिहाइको सरकार बनाउनेछौँ र विषय विज्ञहरुले मन्त्रालय हाँक्नेछन् । यो देशबाट भ्रष्टाचार र घुसखोरी अन्त्य हुनेछ ।’

कांग्रेस परित्याग गरेका अर्थविद् स्वर्णिम वाग्ले तनहुँ १ र पूर्व डीआईजी रमेश खरेललाई बारा २ मा उम्मेदवार बनाएका रास्वपाका सभापति लामिछानेले
रास्वपा सबभन्दा ठूलो तथा लोकतान्त्रिक पार्टी बन्ने र बहुमत र दुई तिहाइको सरकार बनाउने उनले सुनाएका छन् । सभापति लामिछानेले स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने कल्पना पनि गर्न नहुने भन्दै उपचुनावपछि आफूहरू तीनै जना जितेर घण्टी घरमा पत्रकार सम्मेलन गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here