सोलुखुम्बु – कांग्रेस निकट नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले वितरण गरेको टिकट सोलुखुम्बु नेविसंघले क्याम्पस चिफको मिलेमत्तोमा उल्टाएको छ । नेविसंघ केन्द्रले टिकट आफूलाई दिएको भएपनि मनोनयन भने अर्कैको भएको जिवन बस्नेतले बताएका छन् । उनले जिल्ला सभापतिदेखि क्याम्पस चिफसम्मको मिलेमत्तोमा सो कार्य भएको दाबी गरेका छन् ।
बिवादकैबीच आसन्न स्वतन्त्र विद्यार्थी निर्वाचनका लागि सोलुखुम्बु बहुमुखी क्याम्पसमा दुई प्यानलको उम्मेदवारी परेको छ । दुई प्यानलवाट अध्यक्ष लगायत् सचिव, कोषाध्यक्ष र सदस्यहरुमा उम्मेदवारी परेको छ । चैत ५ गते हुन लागेको निर्वाचनका लागि नेपाल बिधार्थी संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलवाट अध्यक्षमा सरीता राई, सचिवमा गणेश थापा र कोषाध्यक्षमा देविकला राईको उम्मेदवारी परेको छ भने अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको प्यानलवाट अध्यक्षमा नरेन्द्र कुलुङ, सचिमा पासाङकाजी तामाङ र कोषाध्यक्षमा सजिना प्रधानको उम्मेदवारी परेको छ ।
सदस्यहरुमा सरिता राई प्यानलवाट पारसमणी घिमिरे, अन्जना कटुवाल, रेमन कुलुङ, प्रतिमा तामाङ, रेसान चन्द्र सुन्दास र उमा कार्की सदस्यको उम्मेदवार बन्दा नरेन्द्र कुलुङ प्यानलवाट उमेश थापा, पासाङ ल्हामु शेर्पा, इसानी राई, चुनामाया कटुवाल र बालकुमारी राई सदस्यको उम्मेदवार रहको छ ।