काठमाडौं । स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।सोमबार विहान ०८:५० बजे स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ आँधीमुहान ड्यामस्थित भित्री सडक खण्डमा जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख. ४१५० नम्बरको बसले पैदलयात्री ३० वर्षका अजित बोटेलाई ठक्कर दिएको थियो ।

ठक्करपछि बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here