काठमाडौं । मलेसियामा जारी टि–२० अन्तर्राष्ट्रिय महिला क्रिकेट शृङ्खलाअन्तर्गत दोस्रो खेलमा मलेसिया नेपालसँग पराजित भएको छ । मलेसियाको यूकेएम वाइएसडी ओभल क्रिकेट मैदानमा आज मंगलबार भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको हो ।
नेपाल र मलेसियाबीचको शृङ्खला १–१ को बराबरीमा पुगेको छ । जितका लागि ९७ रनको लक्ष्य नेपालले १७ दशमलव ३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक २९ रन बनाइन। उनले २१ बलमा तीन चौका र एक छक्का प्रहार गरिन् ।
त्यसैगरी कविता कुँवरले ४३ बलमा दुई चौकासहित २६, सीता रानामगरले २२ बलमा दुई चौका र एक छक्कासहित २३ र विन्दु रावलले १८ बलमा दुई चौकासहित १७ रन बनाइन् ।