तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् । मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका हुन् ।

वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् । भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।

वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा ६५ हजार ३१६ मत खसेकोमा ६४ हजार १३५ मत सदर भएको थियो । यहाँ मतदाताको संख्या १ लाख २३ हजार ३०५ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here