तनहुँ – तनहुँ देवघाट गाउँपालिका वडा नं. ५ कालीमाटी स्थित एक कृषि फर्ममा आइतबार बिहान आगलागी भएको छ । भट्टराई कृषि बाख्रा फर्ममा रातको समयमा आगलागी हुँदा गोठमा रहेका बाख्रा, भैसीपाडा, गाईवस्तुहरु मध्ये गर्भिणी अवस्थाका ४ ओटा बाख्राहरू जलेर मृत्यु भएको छ ।

गर्भिणी अवस्थाका १८ वटा बाख्राहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । उक्त आगो तत्काल प्रहरी तथा स्थानीय मानिसहरूको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।  उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here